सरकारी जागिर समावेशी बनाउन सांसदहरुको आग्रह

सरकारी जागिर समावेशी बनाउन सांसदहरुको आग्रह


सरकारी जागिर समावेशी बनाउन सांसदहरुको आग्रह

समानुपातिक र समावेशीको आधारमा निजामती सेवामा कर्मचारीको भर्ना हुनुपर्ने आवाज सांसदहरुले उठाएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरुले निजामती सेवालाई संविधानले दिएको अधिकार भन्दा तलमाथि गर्न नहुने सुझाव दिए । 

उनीहरुले आदिवासी जनजाती, पिछडावर्ग र आर्थिक रुपवाट पछि परेका समुदाय र क्षेत्रलाई लोकसेवामा प्रवेश गराउन समितिको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पछि पारिएका समूदायलाई निजामती सेवामा प्रवेश गराउन  प्राथमिकता निर्धारण गरेर अघि बढ्न सकिने बताउनुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादवप्रसाद कोइरालाले निजामती सेवामा सवैको स्वामित्व रहने गरी  व्यवस्थापन  र सञ्चालन गर्ने तर्फ मन्त्रालय सक्रिय रहेको बताउनुभयो । 


 

सरकारी जागिर संघीय मामिला तथा सामान्य प्रशासन

संम्बधित खबर

विशेष