News

मेलम्चीको ३ प्रतिशत काम सक्न २ अर्ब ५२ करोड भार

मेलम्चीको ३ प्रतिशत काम सक्न २ अर्ब ५२ करोड भार

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो ।अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो ।

 

मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

मेलम्ची खानेपानी आयोजना

विशेष