News

आज हावाहुरीसहित वर्षाको सम्भावना

आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार देशको पहाडी भू–भागहरूमा आंशिक र अपरान्हपछि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका केही स्थान तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीनदिनको मौसमी पूर्वानुमान :

जारी मिति : जेष्ठ १० गते (शुक्रबार), बिहान   ६:०० बजे

 जेष्ठ १० गते (शुक्रबार):

दिउँसो:  देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही  देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी  क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति:देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही  देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी  क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

 जेष्ठ ११ गते (शनिबार):

दिउँसो: देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई  देशको पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमि र मध्य भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशका पहाडी भू-भागमा  आंसिक बदलि  रही  थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ । 

जेष्ठ १२  गते (आइतबार):

दिउँसो: देशका पहाडी भू-भागमा  आंसिक बदलि  रही  थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ । 

राति: देशका पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि  भई  देशको पूर्वी भू-भागका थोरै  स्थानहरुमा र पश्चिमि र मध्य भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ । बाकी स्थानहरुमा आंसिक बदलि रहने देखिन्छ ।

मौसम

विशेष