चिनियाँ राजदूत भन्छिन्, ‘रेल ल्याउन सजिलो छैन, नेपालमा भइरहेको बहस सुनेर अचम्मित छु’
काठमाडौं । चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि ने रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन्, ‘यस्तो भूगोल छ, चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैँमा जटिल हो । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित छु ।’
राजदूतका रुपमा जिम्मेवारी लिएर आएपछि यो पहिलोे पत्रकार सम्मेलन हो । उनले भनिन्, ‘रेललाई हल्का रुपमा हेरिएको छ । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ ।,’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
चीन रेल