काठेपुलबाट दाजु–भाई खसेः भाइको मृत्यु, दाईको उद्धार

बझाङ । बझाङको तल्कोट गाँउपालिका–१ सुनिकोटमा काठेपुलबाट खस्दा एक जनाको मृत्यु भएको छ । भने, एकजनाको उद्धार गरिएको छ । सुनिगाडमा हालेको काठेपुलमा तर्ने क्रममा खस्दा स्थानीय नरेन्द्र बमका ६ वर्षीय छोरा पदम बमको मृत्यु भएको हो ।
मृतक पदम बम र उनका दाजु १२ वर्षीय विराज बम काफल खान जाने क्रममा खोला तर्न खोज्दा काठे पुलबाट खसेको स्थानीय बासिन्दाले बताएका छन्। नरेन्द्र बमका जेठा छोरा विराजलाई खोला नजिकै रहेका उनका काका सुदन बमले छोप्न सफल भए पनि कान्छाको भने मुत्यु भएको सुदन बमले बताए । प्रहरीका अनुसार पदमको शव दुई किलोमिटर तल फेला पारेको छ । फाइनल फोटो
बझाङ तल्कोट गाँउपालिका