News

भारतबाट काठमाडौं फलफूल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

भारतबाट काठमाडौं फलफूल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो

काठमाडौं : भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

त्रिशूली

विशेष