पूर्वप्रधानन्यायाधीश खत्रीको निधन
पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ । उहाँ ९९ वर्षका हुनुहुन्थ्यो ।
ललितपुरको मेडिसिटी अस्पतालमा बुधबार राति उहाँको निधन भएको हो । लामो समयदेखि अल्जाइमरको समस्या भोगिरहनु भएका खत्रीको उपचारका क्रममा निधन भएको हो । खत्री २०३३ देखि ०४२ सालसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीस हुनुहुन्थ्यो । प्रधानन्यायाधीशबाट अवकाश लिएलगत्तै उहाँले चीनका लागि राजदूतको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।
बहुदल आएपछि राष्ट्रिय मानवअधिकार आयोगको २ कार्यकाल अध्यक्ष बन्नुभएका खत्री कानुन सुधार आयोगको अध्यक्ष भएर काम गर्नुभयो ।
स्वर्गीय खत्रीका दुई छोरा, २ छोरी छन् । उहाँको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।