अस्ट्रेलियाका एक व्यक्तिले खोजे म्याटल डिटेक्टर प्रयोग गरी डेढ किलो सुन

अस्ट्रेलियाका एक व्यक्तिले खोजे म्याटल डिटेक्टर प्रयोग गरी डेढ किलो सुन

एजेन्सी । पश्चिम अस्ट्रेलियाको कालगुर्लीस्थित सुन खानीमा एक व्यक्तिले म्याटल डिटेक्टर प्रयोग गरेर एक किलो ५ सय ग्राम सुनको टुक्रा निकालेका छन्। यसको मूल्य एक करोड सात लाख पर्ने आंकलन गरिएको छ। यो सुनको टुक्रा जमिनको सतहबाट ४५ सेमी अर्थात् आधार मिटरको गहिराइमा भेटिएको थियो।

सुन पत्ता लगाउने व्यक्तिको पहिचान खुलाइएको छैन। तर ती व्यक्तिलाई पहिलो पटकमा उक्त वस्तु सुन हो भन्ने विश्वास गरेका थिएनन्। पहेलो र चम्किलो वस्तु भेटिएपछि सुन पसले म्याट कुकसमक्ष पुगेथका थिए। 'उक्त टुक्रा देखेर म त अचम्मित परेँ। पछि मैले उक्त टुक्राको फोटो खिचर अनलाइनमा हालिदिएँ', कुकले भने।

अस्ट्रेलियाको तीन चौथाइ सुन खानी कालगूर्ली क्षेत्रमा रहेका छन्। विज्ञहरूका अनुसार यहाँ काम गर्ने व्यक्तिहरूलाई यस्तो अवसर वर्षमा एकआध पटकमात्रै आउने गर्दछ।

संम्बधित खबर

विशेष