रामेछापमा भूकम्पको धक्का महसुस
रामेछाप : शनिबार बिहान रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको हो ।
भूकम्पको धक्का महसुस भएका पछि यहाँका बासिन्दा त्रसिद बनेका थिए । यसअघि जेठ ७ गते लमजुङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरको परकम्प गएको थियो ।
यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ । विज्ञहरूले १० औँ वर्षसम्म भूकम्पका परकम्पनहरू गइरहने बताएका छन् ।
भूकम्प