प्रहरीको आवरणमा ठगी गर्ने पक्राउ

  प्रहरीको आवरणमा ठगी गर्ने पक्राउ

आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी प्रहरी भनी ठगी गर्ने अर्घाखाँचीको सीतापुर घर भई हाल बानेश्वर बस्दै आएका हरिलाल खनाल र उनका सहयोगी कपिल रिजाललाई सार्वजनिक गरेको हो । 

३० बर्षीय खनाल भगौडा प्रहरी भएको महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

उनीहरुले वनस्थलीस्थित सनराईज बेकरी सपका संचालकसंग आफूहरु प्रहरी भएको भन्दै १ लाख रुपैया ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुले ठगी गरी बैंकमा राखेको १ लाख रुपैया प्रहरीले बरामद गरेको छ ।

प्रहरीले कर्तव्य ज्यान गरी फरार रहेका सल्यानका सुरेन्द्र भण्डारी, समिर भण्डारी र सुरेश घर्तीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ  । त्यसैगरी यही जेठ ७ गते काठमाडौंको मूलपानीस्थित सुनचाँदी पसल चोरीमा संलग्नहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । 

उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो र चाँदी जस्तो देखिने सेतो धातु बरामद गरिएको प्रहरीले जनाएको छ । 

       

   

महानगरीय प्रहरी काठमाडौं

संम्बधित खबर

विशेष