काठमाडौंमा सिलिण्डर विष्फोट, तीनको मृत्यु
माओवादी चन्द शंकाको घेरामा
काठमाडौंमा भएको दुई बेग्लाबेग्लै सिलिण्डर विष्फोटमा तीन जनाको ज्यान गएको छ । अनामनगर घट्टेकुलो र सुकेधारामा एकसाथ विष्फोट भएको थियो । प्रहरीकाअनुसार घट्टेकुलोमा एक र सुकेधारामा दुईजनाको मृत्यु भएको हो । दुईजनाको घटनास्थलमा र एकजनाको उपचार क्रममा ओम अस्पताल चाबेलमा ज्यान गएको हो ।
मृतकहरुको परिचय खुलेको छैन । सोमबार बन्द आव्हान गरेको माओवादी चन्द समूहका कार्यकर्ताले बन्दलाई लक्षित गरी बम बनाउने क्रममा उनीहरुको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ । दुवै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले अनुसन्धान थालेका छन् । नेपाल प्रहरीको सीआईबी टोलीले छुट्टै अनुसन्धान थालेको छ ।