News मुख्य समाचार

बम विष्फोटका घटनाले काठमाडौंवासी आतंकित

बम विष्फोटका घटनाले काठमाडौंवासी आतंकित

घनावस्तीमा भएको सिलिण्डर बम विष्फोटमा तीनजनाको ज्यान गएको घट्नाले काठमाडौंबासी आतंकित भएका छन् ।

 

बम बनाउने क्रममा भएको विष्फोटमा तीनजना मारिएको प्रहरीको प्रारम्भिक अनुमान बाहिर सार्वजनिक भएपनि यदि स्थानीयलाई ताकेर त्यो बम विष्फोट गराइएको अवस्थामा त्यसले कस्तो क्षति पुर्याउँथ्यो ? सर्वसाधारणमा अहं सवाल उब्जिएको छ ।

 

भोजपुरमा प्रहरी कारवाहीमा नेत्र घिमिरे नामका कार्यकर्ता मारिएपछि नेत्रविक्रम चन्द नेतृत्व माओवादी आक्रामक देखिएको छ । त्यसैको प्रतिक्रिया स्वरुप नेपाल बन्दको कार्यक्रम सार्वजनिक भएको हो । त्यसको अघिल्लो दिन भएको विष्फोट सुरक्षाका लागि चुनौतीपूर्ण बनेको छ ।

 

सुकेधाराको ढलाने पुलमा रहेको शैलून र अनामनगरमा भएको विस्फोटबारे प्रहरीले अनुसन्धान थालेको छ । घट्टेकुलोको आवासीय घरको कोठामा विप्लव माओवादीको पर्चासहित प्रचार सामग्री भेटिएको छ । प्रहरी स्रोत विष्फोट सामग्री बनाउने क्रममा कुकर बमसंगै सिलिण्डर पड्किएको दाबी गर्छ । सुकेधाराको घटनास्थल नजिकै बा २९ प ८५९९ नम्बरको मोटरसाइकल समेत प्रहरी अनुसन्धानमा तानिएको छ । सुकेधारा घटनामा घाइते ५ जनाको ओम र वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

विशेष