News

एक राहत शिक्षकको भरमा ५ वटा कक्षाका ८१ विद्यार्थी

एक राहत शिक्षकको भरमा ५ वटा कक्षाका ८१ विद्यार्थी

सिन्धुली । जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एक जनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प छैन ।’ उनले भने । 

 

विद्यालयमा ९० जना विद्यार्थी छन् । नौ जना बालविकास कक्षामा अध्ययनरत छन् भने एकदेखि पाँच कक्षासम्म ८१ विद्यार्थी छन् ।  कक्षा १ मा १९, २ मा १०, ३ मा आठ, ४ मा २७ र ५ मा १७ विद्यार्थी अध्ययनरत छन् । बालविकास कोटामा पातलीमाया थिङ कार्यरत छिन् । ‘बालविकासमा पढ्ने बालबालिकालाई एकजनाले छोड्नै मिल्दैन, अन्य कक्षाका विद्यार्थीलाई आफू एक्लैले पढाउनुपर्ने अवस्था छ,’ प्रधानाध्यापक गोपाल थिङले भने, ‘विद्यालयको शिक्षक पनि आफैँ, आफ्नो प्रधानाध्यापक पनि आफैँ भएको छु ।’ यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सिन्धुली राहत शिक्षक

विशेष