News

आज देशभरका अदालत बन्द

आज देशभरका अदालत बन्द

काठमाडौं । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार मुलुकभरका अदालत बन्द गरिएका छन् । शनिबार अन्त्येष्टि गरिएका खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए ।

 

खत्रीको अवसानले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको निरौलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खत्रीको उपचारका क्रममा ललितपुरस्थित मेडीसिटी अस्पतालमा बुधबार निधन भएको थियो।

अदालत बन्द

विशेष