News

गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात, ११ जना नियन्त्रणमा

गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात, ११ जना नियन्त्रणमा

काठमाडौं । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधामा असहमति राख्दै आइतबार एक समूहले गृह मन्त्रालयभित्रै कर्मचारीमाथि हातपात गरेका छन् । सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्गलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा टुंग्याउन गृह मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।


कार्यदलले विभिन्न प्रस्तावमा छलफल गरिरहँदा युवराज विकसहितको ११ जनाको टोलीले कर्मचारी र घाइते–अपाङ्गका प्रतिनिधिमाथि आक्रमण गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।द्वन्द्वका घाइते अपाङ्गलाई भत्ता, उपचार खर्चसहितको सुविधाको माग राख्दै केही समय पहिले उनीहरु अनसनमा बसेका थिए । त्यही माग सम्बोधन गर्न बनेको कार्यदलको बैठकमा कर्मचारीमाथि हातपात भएको हो ।

 

‘द्वन्द्वका घाइतेहरु समेत रहेको कार्यदलले विभिन्न विकल्पमा छलफल गरिरहेको थियो, गृह मन्त्रालयका एक कर्मचारीले भने, ‘कार्यदलमा सहभागी युवराज विकले कुनै पनि प्रस्तावमा सहमति छैन भन्दै आक्रमण गरे ।’ गृह स्रोतका अनुसार युवराज विकले कार्यदल बाहिरका थप १० जना युवाहरुलाई बोलाएर कर्मचारीहरुलाई हातपात गरेका हुन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

गृह मन्त्रालय कर्मचारी हातपात

विशेष