News

बागलुङ बजारमा टालोमा बेरेको शंकास्पद वस्तु भेटियो

बागलुङ बजारमा टालोमा बेरेको शंकास्पद वस्तु भेटियो

बाग्लुङ । बाग्लुङ बजारमा शंकास्पद वस्तु भेटिएको छ। सडक छेऊमा बमजस्तै देखिने टालोमा बेरिएको वस्तु भेटिएको हो।

बम जस्तै देखिने शंकास्पद वस्तु देखिएपछि अहिले सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। बाग्लुङ प्रहरी प्रमुख एसपी कृष्णहरी पोखरेलले दिएको जानकारीअनुसार शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा सुरक्षाकर्मी त्यहाँ पुगेको हुन् । विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दलाई लक्षित गरेर नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको हुन सक्ने पोखरेलको आशंका छ ।

यसैबीच मोरङमा प्रेसर कुकर बम फेला परेको छ । मोरङको सुन्दरहरैचा-७ ठडिया चोक नजिकै प्रेसर कुकर बम फेला परेको हो । त्यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरको मुख्य चोकमा समेत शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद वस्तु फेला परेको सूचना पाएलगत्तै सेनाको टोली घटनास्थलमा जाँदै गरेको बताइएको छ ।

यता, अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

बम

विशेष