विप्लव नेकपाको बन्द : हेटौँडामा मिनिट्रकमा आगजनी

प्रेसर कुकर बम सेनाले पार्‍यो निश्क्रिय

विप्लव नेकपाको बन्द : हेटौँडामा मिनिट्रकमा आगजनी

मकवानपुर : हेटौँडा चौकीटोलमा एउटा गाडीमाथि आगजनी भएको छ। नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान गाडीमा आगजनी गरेका हुन्।

त्रिभुवन राजपथअन्तर्गत हेटौँडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले बताए । उनका अनुसार आगजनीबाट गाडी पूर्णरुपमा जलेर नष्ट भएको छ।

यस्तै, हेटौँडाको बुद्धचोकनजिकै प्रेसर कुकर बम फेला परेको थियो । बम राखेको थाहा पाउनालगत्तै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताए । विप्लव नेतृत्वले गरेको बन्दका कारण हेटौँडा बजार सुनसान बनेको छ ।

यसैगरी, बाग्लुङ बजारको सडक छेउमा बमजस्तो देखिने टालोमा बेरेर राखेको शंकास्पद वस्तु भेटिएको छ। बमजस्तै देखिने शंकास्पद वस्तु देखिएपछि अहिले सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। बाग्लुङ प्रहरी प्रमुख एसपी कृष्णहरी पोखरेलले दिएको जानकारीअनुसार शंकास्पद वस्तु बम हुन सक्ने आशंकामा सुरक्षाकर्मी त्यहाँ पुगेको हुन् । विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको नेपाल बन्दलाई लक्षित गरेर नेकपाका कार्यकर्ताले त्रास फैलाउन बम राखेको हुन सक्ने पोखरेलको आशंका छ ।

यसैबीच मोरङमा प्रेसर कुकर बम फेला परेको छ। मोरङको सुन्दरहरैचा-७ ठडिया चोक नजिकै प्रेसर कुकर बम फेला परेको हो । त्यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहापुरको मुख्य चोकमा समेत शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । शंकास्पद वस्तु फेला परेको सूचना पाएलगत्तै सेनाको टोली घटनास्थलमा जाँदै गरेको बताइएको छ ।

यता, अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवसीय माविमा शंकास्पद वस्तु फेला परेको छ । सनिधखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

आगजनी

संम्बधित खबर

विशेष