News

बैतडीको श्रीकोटस्थित सनातन धर्म माविनजिकै शंकास्पद वस्तु भेटियो

बैतडीको श्रीकोटस्थित सनातन धर्म माविनजिकै शंकास्पद वस्तु भेटियो

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद वस्तु फेला परेपछि यहाँका स्थानीय त्रसिद बनेका छन् । सोमबार बिहान दोगडाकेदार गाउँपालिका-३, श्रीकोटस्थित सनातन धर्म माविनजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद वस्तु भेट्टिएको हो।

तार जोडिएका प्लाष्टिकको दुई पोका र रातो कपडाले बेरिएको अवस्थामा इनामेलका २ वडा डिब्वामा उक्त वस्तुहरू रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए। शंकास्पद वस्तु राखिएको सूचना पाएलगत्तै खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ। उक्त शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीको आशंका रहेको छ।

शंकास्पद वस्तु डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मको सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए। नेत्रविक्रम चन्द 'विप्लव' समूहले आज नेपाल बन्द आह्वान गरेकाले उसैका कार्यकर्तालाई बन्दलाई प्रभावित बनाउन उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ।

बम नेपाल बन्द

विशेष