News

वृद्धभत्ता ५ सय बढाउने तयारी, कर्मचारीको तलब २० प्रतिशत वृद्धि

वृद्धभत्ता ५ सय बढाउने तयारी, कर्मचारीको तलब २० प्रतिशत वृद्धि

काठमाडौं । नेकपा नेतृत्वको सरकारले पार्टीको चुनावी घोषणापत्रमा गरेको बाचाअनुसार आगामी वर्षको बजेटमार्फत सामाजिक सुरक्षाभत्ता कम्तीमा पाँच सय रुपैयाँ बढाउने तयारी गरेको छ।नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने भनेको थियो। 

 

यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि गत वर्षको बजेटमा भत्ता नबढाउँदा सरकारको आलोचना भएको थियो। ‘गत वर्ष सामाजिक सुरक्षाभत्ता नबढाउँदा सर्वत्र आलोचना भएपछि अहिले कम्तिमा पनि पाँच सय रुपैयाँ बढाएर दुई हजार पाँच सय पुर्याउने तयारी गरिएको छ,’ अर्थमन्त्रालयका एक उच्च अधिकारीले भने, ‘स्रोतले भ्याए एक हजार रुपैयाँ पनि बढाउन सकिन्छ । तर, कम्तिमा पाँच सय भने अवश्य बढ्नेछ।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

कर्मचारी तलब वृद्धभत्ता

विशेष