News

महिला प्रहरीलाई यौन प्रस्ताव राख्ने उपसभामुखका स्वकीय सचिव बर्खास्त

महिला प्रहरीलाई यौन प्रस्ताव राख्ने उपसभामुखका स्वकीय सचिव बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेशका उपसभामुखका अंगरक्षकलाई यौन प्रस्ताव राख्ने स्वकीय सचिवलाई पदबाट हटाइएको छ । उपसभामुख निर्मला बडाल जोशीका अंगरक्षक महिला प्रहरीलाई फेसबुक म्यासेन्जरमा यौन प्रस्ताव राख्ने स्वकीय सचिव हरिश भट्टलाई आइतबारदेखि सो पदबाट हटाइएको हो ।

 

भट्टले ती महिला प्रहरीलाई बारम्बार यौन पस्ताव गरेर मानसिक यातना दिएको भन्दै सञ्चारमाध्यममा उनले गरेको कुराकानीसहितको म्यासेन्जर संवाद बाहिरिएपछि भट्टलाई स्वकीय सचिवबाट हटाइएको उपसचामुखको सचिवालयले जनाएको छ । भट्टको यौन प्रस्तावको कारण उपसभामुख जोशीका अंगरक्षक हरेक दुई महिनामा फेरिने गरेका थिए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।

अंगरक्षक सुदूरपश्चिम प्रदेश हरिश भट्ट

विशेष