आजदेखि बुद्ध एअरको काठमाडौं–कोलकाता उडान

काठमाडौं । बुद्ध एअरले आजदेखि काठमाडौं–कोलकाता उडान शुरु गरेको छ । बुद्ध एअरले आइतबार पत्रकार सम्मेलन गरी उडानबारे जानकारी गराएको थियो । बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतका अनुसार सोमबारदेखि काठमाडौं–कोलकाता–काठमाडौंको व्यवसायिक उडान गर्न लागिएको हो ।
हरेक सोमबार, बुधबार र शुक्रबार बिहान ८ बजे काठमाडौंबाट बुद्ध एअरको जहाज कोलकाताका लागि उड्ने छ । यस्तै, बिहान साढे १० बजे कोलकाताबाट काठमाडौंका लागि जहाज उड्ने छ ।
उडान बुद्ध एअर काठमाडौं–कोलकाता