कुटनीतिज्ञ भन्छन– भारतको नेपाल नीति परिवर्तन हुँदैन

कुटनीतिज्ञ भन्छन– भारतको नेपाल नीति परिवर्तन हुँदैन

कुटनीतिज्ञहरुले मोदी सरकार प्रचण्ड बहुमतसाथ पुनः सत्तारुढ हुने भएकाले नेपाल नीतिमा परिवर्तन नआउने दावी गरेका छन् । उनीहरुले भारतमा मोदीको उदयसँगै नेपाल–भारत सम्बन्ध राजनीतिक तहमा समेत बलियो भएको भन्दै  यसले दुवै देशलाई हित गरेको बताए । 

काठमाडौंमा भएको साक्षात्कारमा भारतका लागि पूर्व नेपाली राजदूत डा. दुर्गेशमान सिंहले विगतमा दुई देशबीच भएका सम्झौतालाई हल्काफुल्का रुपमा लिने गरेपनि अहिले ती सम्झौताप्रति नेपालले  चासो र भारतले चिन्ता लिनु सकारात्मक रहेको बताउनु भयो । 

नेपाल–भारत सम्बन्धमा अहिले बुद्धिष्ट, जानकीलगायतका सर्किटहरु सञ्चालनमा आउने भएकोले यसले  दुई देशबीच जनस्तरमा सम्बन्ध बलियो बनाउने उहाँको तर्क छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको सपथग्रहण समारोहमा  सहभागी हुन जाँदा द्विपक्षीय महत्वबारे छलफल गर्ने जानकारी दिनुभयो  । 

नेपाल–भारत कुटनीतिज्ञहरु

संम्बधित खबर

विशेष