उच्च पदस्थ कर्मचारी करारमा राख्न सांसदहरुको सुझाव

उच्च पदस्थ कर्मचारी करारमा राख्न सांसदहरुको सुझाव

सांसदहरुले निजामती कर्मचारीको अन्तरसेवा प्रतिस्पर्धा प्रावधान हटाउन सुझाव दिएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले यस्तो सुझाव दिएका हुन् । 

उनीहरुले उच्च पदस्थ कर्मचारी पनि करारमा राख्ने गरी कानुन संशोधन हुनुपर्ने बताए । विधेयकमाथि रहेको करार कर्मचारीबारे भएको व्यवस्थामाथिको छलफलमा उनीहरुले अहिलेको बढुवा प्रणाली निष्पक्ष नरहेको दाबी समेत गरे ।

सांसद रामकुमारी झाँक्रीले दफा ९ (१) मा रहेको अन्तरसेवा प्रतिस्पर्धा हटाउनुपर्ने बताउनुभयो । 

त्यस्तै नेकपाकै सांसद पम्फा भुसाललले कर्मचारीको अहिलेको दम्भ अन्त्य गर्न करार व्यवस्था लागू गर्नैपर्ने बताउनुभयो ।

नेकपा सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले उच्च पदस्थ कर्मचारी पनि करारमा राख्ने गरी कानुन संशोधन गर्नुपर्ने बताउनुभयो । 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले माथिल्लो तहमा करारमा कर्मचारी भर्ना गर्दा गोपनीयताको प्रश्न आउने आशंका गर्नुभयो । 

 

निजामती कर्मचारी राज्य व्यवस्था समिति

संम्बधित खबर

विशेष