एक दशकमा १५ हजार मेगावाट विद्युत थप्छौं– उपराष्ट्रपति पुन

एक दशकमा १५ हजार मेगावाट विद्युत थप्छौं– उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताउनुभयो ।

कार्वन उत्सर्जनमा नेपालको भूमिका नरहे पनि त्यसको असर भोगिरहेको तथ्य औंल्याउँदै भन्नुभयो, ‘जलवायु परिवर्तनको असरका कारण नेपाल पनि उच्च जोखिममा छ । हिमाल पग्लिरहेका छन्, पानीका मुहान सुकिरहेका छन्, प्राकृतिक वनस्पती तथा जीवहरु लोप हुने अवस्थामा छन् ।’ 

कार्वन उत्सर्जनमा हाम्रो करिब ०.०२७ प्रतिशतमात्र भूमिका छ । तर, पनि हामीले यसको असर भोगिरहेको उदाहरण पेश गर्नुभयो । 
उहाँले नेपालको हिमाल, पहाडको भौगोलिक बनावट र नेपालमा रहेको जलस्रोतले नविकरणीय उर्जामा आधारित दिगो वृद्धिसहितको अर्थतन्त्रको विकास गर्न सहयोग पुर्याउने  बताउनुभयो । 


अष्ट्रियाको भियनामा भइरहेको वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उपराष्ट्रपति पुनले सन् २०१८ देखि २०२८ सम्मलाई उर्जा तथा जलस्रोतको दशक घोषणा गरेको जानकारी गराउनु हुँदै उक्त अवधिमा नेपालले जलविद्युत र नवीकरणीय उर्जाबाट १५ हजार मेगावाट उर्जा उत्पादन गर्न लागेको बताउनुभयो । 


‘यो एक उच्च लक्षका साथ ल्याईएको योजना हो, जस अन्तर्गत नविकरणीय स्रोतबाट उच्च परिमाणमा उर्जा उत्पादन गर्ने, स्वच्छ उर्जाको प्रवद्र्धन गर्दै खनिजजन्य उर्जा माथिको निर्भरता अन्त्य गर्ने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने योजना रहेका छन्’, उहाँले भन्नुभयो ।


संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेस, अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेन, पाकिस्तानका प्रधानमन्त्री इमरान खान लगायतले सम्बोधन गर्नुभएको अष्ट्रियन शिखर सम्मेलनमा विभिन्न समूहमा छलफल भएका छन् । 


जलवायु सम्बन्धी पहिलो विशेष समूहमा उपराष्ट्रपति पुन सहित घाना, हंगेरी र लात्भियाका राष्ट्रपति र विश्व बैंकका कार्यकारी अधिकृतले भाग लिनुभएको थियो । 
                

उपराष्ट्रपति नन्दबहादुर पुन सम्बोधन

संम्बधित खबर

विशेष