News

शंकास्पद गतिविधि गर्न १५ जना पक्राउ

शंकास्पद गतिविधि गर्न १५ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । ‘विप्लव समूह’ले गरेको नेपाल बन्दका क्रममा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौंबाट सात, ललितपुरबाट चार, सुर्खेतबाट दुई तथा रुकुमपश्चिम र झापाबाट एक/एक जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए । नेपाल बन्दका क्रममा देशभरका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मकवानपुरमा दुई तथा सुर्खेत, नवलपरासी पूर्व, कालिकोट र रामेछापमा एक/एक सवारी साधनमा आगजनी गरिएको छ । प्रहरीका अनुसार आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

पक्राउ

विशेष