पप्पु कन्स्ट्रक्सनका पुल र राजमार्ग अलपत्र
काठमाडौं : प्रदेश २ मा रहेका ठूला पुल तथा सडक निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले समयमा काम नगर्दा नागरिकले सास्ती झेल्नुपरेको छ ।
तराई मधेसमा महत्वपूर्ण मानिएको सिरहा र धनुषा जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीका साथै महोत्तरीको रातो नदी पुल र दुई वटा सडकको ठेक्का लिएको पप्पुले समयमा काम नसक्दा वर्षायाममा हिलो र सुख्खायाममा धुलोले जनजीवन प्रभावित छ ।
सिरहा र धनुषाको सीमा भएर बग्ने कमलानदी र सिरहा सप्तरीको सीमामा बग्ने बलान नदीको पुल ठेक्का लागेको वर्षौ भए पनि अवस्था उस्तै छ । ५५ करोड रुपैयाँभन्दा बढीको लागतमा ४ वर्षभित्र निर्माण पुरा गर्ने सर्तमा ठेक्का लिएको पप्पुले ९ वर्ष बित्दा पनि काम सकेको छैन । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।
पप्पु कन्स्ट्रक्सन कम्पनी