आमाले छोरा मारिन

 आमाले छोरा मारिन

मानसिक सन्तुलन गुमाएकी एक महिलाले भोजपुरमा आफ्नै २२ महिने सन्तानको क्रूरतापूर्वक हत्या गरेकी छन् ।  
२५ वर्षीया सम्झना थापाले  छोरा सम्बोधनको मंगलबर विहान हत्या गरेकी हुन् । उनले घरको छतमा लगेर खुकुरीले घाँटी छिनाएर विभत्स ढंगले हत्या गरेकी हुन् ।

बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।  उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

रामप्रसाद राई गाउँपालिका वासिखोरा घर भएकी सम्झनाको परिवार भोजपुर बजारस्थित दिदीको घरमा बस्दै आएको थियो ।

लघुवित्त कम्पनीमा काम गर्ने बालकका बाबु सूर्यबहादुर थापा भने कार्यालयको कामले सदरमुकाम बाहिर थिए । 
 

हत्या खुकुरीले घाँटी

संम्बधित खबर

विशेष