भारतसंगका ६१८ सिमास्तम्भ मर्मत

भारतसंगका ६१८ सिमास्तम्भ मर्मत

नेपाल–भारत सिमामा पिलर सारिएको समाचार सार्वजनिक भइरहँदा सप्तरी, सिरहा, धनुषा र महोत्तरी तथा भारतको मधुवनी सिमाक्षेत्रका ६ सय १८ सिमास्तम्भ व्यवस्थित गरिएका छन् । 

नेपाल भारत संयुतm सिमा सर्वेक्षण टोलीको जनकपुरधाममा सम्पन्न बैठकले कुल ६ सय १८ सिमास्तम्भ मध्ये १ सय २९ को मर्मत र ४ सय ८९ सिमास्तम्भ निर्माण गरिएको जानकारी गराइएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र मधुवनीका डिएम आइएस शिवसेठ कपिल अशोकको अगुवाईमा भएको बैठकको निष्कर्ष सुनाउँदै धनुषाका प्रजिअ कणेलले सो सिमाक्षेत्रमा कुल ९ सय ४२ पिलर मध्ये ३ सय ९४ पिलरको मर्मत र ५ सय ४८ पिलरको निर्माण गर्नुपर्ने अवस्था रहेको जानकारी दिनुभयो । बाँकी सिमास्तम्भको दोस्रो चरणमा टुँग्याउने निर्णय भएको छ । 

बैठकवाट सिक्षाक्षेत्रमा हुने लागुऔषध ओसार पसार सहितका विकृति रोक्न साझा प्रयास थाल्ने समझदारी भएको छ । दुवै पक्षका अगुवाहरुले बैठकबाट निकालिएको निष्कर्ष एक अर्कालाई आदान प्रदान गरेका छन् ।

बैठकमा नेपालको तर्फवाट चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल, सशस्त्र प्रहरी प्रमुख, नापी अधिकृत सहितको सहभागिता थियो भने भारतपक्षबाट डिएम अशोकका अतिरिक्त सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । 
 

नेपाल–भारत ६ सय १८

संम्बधित खबर

विशेष