News देश

भूकम्पका कारण बन्द तातोपानी नाका सञ्चालनमा 

भूकम्पका कारण बन्द तातोपानी नाका सञ्चालनमा 


सिन्धुपाल्चोक । २०७२ सालको विनाशकारी भूकम्पका कारण बन्द रहेको नेपाल–चीनबीचको प्रमुख ब्यापारिक नाका तातोपानी बुधबारदेखि सञ्चालनमा आएको छ । भूकम्पका कारण बाटो भत्किएपछि र सुख्खा बन्दरगाहको निर्माणपछि तातोपानी नाका बन्द थियो । 


बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव, चीनका बाणिज्य उपमन्त्री झाङ जीवेन तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले संयक्त रुपमा रिबन काटेर नाकाको उद्घाटन गरे । नाकाको औपचारिकसँगै दुई कन्टेनर नेपाल प्रवेश गरेका थिए । 


 नाका उद्घाटन समारोहमा सांसद अग्निप्रसाद सापकोटा, शेर बहादुर तामाङ, प्रदेश सरकारका उध्योग बन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपाल, सामाजिक बिकास मन्त्री युबराज दुलाल सहभागी हुनुहुन्थ्यो ।

नाकाको उद्घाटन हुने भएपछी सयौं व्यापारी ब्यब्सायी सहित हजार जना भन्दा बढी स्थानिय सिमा बजार लिपिङमा उत्रिएका थिए । 

नाकाभन्दा ६ किलोमिटर नेपालतर्फ (लार्चा)मा सुख्खा बन्दरगाह निर्माण भएपछि तातोपानी नाका औपचारिक रुपमा सञ्चालनमा आएको हो । लार्चास्थित बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण भएको हो । नवनिर्मित बन्दरगाहमा १ सय ५८ ओटा कन्टेनगर अट्ने जनाइएको छ ।

विशेष