बजेटः सरकारी उपहार ‘मेड इन नेपाल’ नै हुन पर्ने
काठमाडौं । सरकारले स्वदेशी उद्योग प्रबद्र्धन गर्न सरकारीले दिने उपहार अनिवार्यरुपमा नेपालमै उत्पादन भएको हुनु पर्ने नीति लागू गर्ने भएको छ ।
आर्थिक वर्ष ७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो योजना सार्वजनिक गरेका हुन् ।
यसले स्वदेशी उद्यमीहरुलाई प्रोत्साहन मिल्ने दावी गरे ।
नवलपरासीको फलाम खानी पनि आगामी वर्षबाट सञ्चालन प्रक्रियामा जाने उनले उल्लेख गरे ।