बजेटः नयाँ बानेश्वरमा अन्डरपास बन्ने
काठमाडौं । सरकारले नयाँ बानेश्वर चौकमा अन्डरपास बनाउन अध्ययन गर्ने भएको छ ।
आर्थिक वर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । बिजुलीबजरामा फ्लाइ ओभर पनि निर्माण गर्ने योजना रहेको उनले उल्लेख गरे ।
हरेक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक बनाइने अर्थमन्त्रीले जानकारी दिए ।
सडक पूर्वाधारका लागि पेट्रोलियममा थप एक रुपैयाँ कर लिने भएको छ ।