News

गणतन्त्र दिवसः राष्ट्रपतिद्वारा ४३४ को कैद मिनाहा

गणतन्त्र दिवसः राष्ट्रपतिद्वारा ४३४ को कैद मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसर पारेर ४३४ कैदीको कैद मिनाहा गरेकी छन् । गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति  भण्डारीले ४३४ जनाको बाँकी कैद माफी गरेकी हुन् ।

 

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउनयोग्य र उपयुक्त देखिएका ४३४ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ।’ संविधानको धारा २७६ अनुसार राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुनबमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्नसक्ने व्यवस्था छ। 

कैद मिनाहा गणतन्त्र दिवस विद्यादेवी भण्डारी

विशेष