News ताजा खबर

कर्मचारीको तलब कति पुग्यो ? 

कर्मचारीको तलब कति पुग्यो ? 


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलबमा वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बजेट पेश गद राजपत्र अनंकित श्रेणीका कर्मचारीको २० प्रतिशत र राजत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशतले तलब जानकारी दिनुभयो ।


अर्थमन्त्रीको घोषणा अनुसार अब नायब सुब्बा सम्मका कर्मचारीको विद्यमान तलबदरमा २० प्रतिशत वृद्धि हुनेछ भने शाखा अधिकृत भन्दा माथिका कर्मचारीको विद्यमान तलबदरमा १८ प्रतिशत वृद्धि हुनेछ । जस अनुसार आगामी साउन १ गतेदेखि कर्मचारीको तलब ३ हजार ४४५ रुपैयाँदेखि ९ हजार ८ सय १० रुपैयाँसम्म बढ्ने छ । 


अब बढेको तलब र महँगी भत्तासमेत गरेर कार्यालय सहयोगीले २८ हजार ५६४ रुपैयाँ मासिक पाउने छन् । मुख्य सचिवको तलब भने ६६ हजार ३ सय १० रुपैयाँ पुगेको छ ।
 

विशेष