बजेटबारे प्रतिपक्षी कांग्रेसको टिप्पणी
कसले के भने ?
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वितरणमुखी भनेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बजेटमाथि प्रतिक्रिया दिँदै बजेटमा नयाँ कुरा केही नभएको र खर्च गर्ने क्षमताविनै कार्यक्रमहरु राखिएको बताए ।
देउवाले भने –‘क्यापासिटी नै नभइकन के के न गर्छु भन्छ । काम गर्ने क्षमता छैन । यो बजेट वितरणमुखी छ’।
त्यस्तै कांग्रेसका नेता मिरेन्द्र रिजालले समग्रमा बजेट राम्रो आउन नसकेको प्रतिक्रिया दिए । धेरै आन्तरिक ऋण लिने भन्ने वित्तिकै दुई अंको आर्थिक वृद्धि सम्भव नभएको उनले प्रतिक्रिया दिए ।
नेता रिजालले अर्थमन्त्री डा. खतिवडाले राम्रो गर्ने अवसर गुमाएको प्रतिक्रिया दिए ।