विदेश

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता

मोदीको शपथमा पाँच छिमेकीलाई मात्रै निम्ता

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा आठमध्ये पाँच छिमेकी मुलुकलाई मात्रै निमन्त्रणा गरिएको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सदस्यसमेत रहेका नेपाल, भुटान, बंगलादेश, म्यानमार र श्रीलंकालाई अतिथिका रूपमा निमन्त्रणा छ । तर, छिमेकी पाकिस्तान, अफगानिस्तान र चीनलाई निम्ता छैन । 

बिमस्टेक सदस्य थाइल्यान्डका कार्यकारी प्रमुखलाई पनि अतिथिका रूपमा निमन्त्रणा छ । सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को अध्यक्षराष्ट्र किर्गिस्तान र भारतीय मूल बाहुल्य रहेको मोरिससका कार्यकारी प्रमुखलाई पनि शपथग्रहणमा निम्ता गरिएको छ । भारतीय विदेश मन्त्रालयले छिमेक प्रथम नीतिअनुसार छिमेकी मुलुकलाई प्रधानमन्त्रीको शपथग्रहणमा बोलाएको जनाएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

मोदी

विशेष