नयाँ शक्ति छोड्दै करिश्मा मानन्धर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर राजनीतिबाट बाहिरिएकी छन् । डा. बाबुराम भट्टराई नेतृत्वतको तत्कालीन नयाँ शक्ति पार्टीमा आबद्ध उनले पार्टीको राजनीतिबाट बाहिरिएको जानकारी गराएकी छन्।
गत चैत अन्तिम साता तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको केही समयपछि आएर करिश्मा पार्टीबाट बाहिर भएकी हुन् । उनले मौखिक रूपमा राजीनामा दिइसके पनि लिखित राजीनामा दिन बाँकी रहेको जनाइन् । व्यक्तिगत कारणले सक्रिय राजनीतिबाट बाहिरिएको करिश्माको भनाइ छ । यो समाचार नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।
करिश्मा मानन्धर नयाँ शक्ति पार्टी