जुम्लामा बसेर काठमाडौंमा ठगी
काठमाडौं । रौतहटका जितेन्द्रकुमार गुप्ता काठमाडौँमा बीबीए अध्ययन गर्दै थिए । धेरै समयसम्म आफैं बस्न राम्रो डेरा खोजे । तर कतै पाएनन् । उनले फेसबुकमा एउटा पेज फेला पारे । ‘रुम एन्ड फ्ल्याट अल रेट इन काठमाडौँ नाम दिइएको उक्त पेज गुप्ताले खोलेर हेरे । पेजमा राजधानीका थुप्रै घर र खाली कोठाको फोटोसमेत पोस्ट गरिएको थियो । दुइटा मोबाइल नम्बर देखेपछि एउटामा गुप्ताले फोन गरे ।
फोन भोजपुर घर भई हाल जुम्ला बस्ने रामचन्द्र भट्टराईले उठाए । गुप्ता गफिन थाले । ‘हाम्रो अफिस बसुन्धरामा छ । डेरा खोज्न कार्यालयमै आउनुभयो भने पाँचसय थप चार्ज लाग्छ । होइन भने दुई हजार पाँच सय लाग्छ,’ भट्टराईको भनाई उदृत गर्दै गुप्ताले भने, ‘मैले कार्यालय जानुभन्दा सजिलो उपाय पैसा तिर्ने निधो गरे ।’ गुप्ताले बैंकबाट भट्टराईको ईसेवाको खातामा पैसा पठाए । पैसा पठाएको केही मिनेटमै भट्टराई फोन सम्पर्कविहीन भए । उनले गुप्तालाई फेसबुक र फोन दुवैमा ब्लक गरे । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
जुम्ला ठगी