News प्रदेश ७

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते

डोटी । डोटीको दिपालय सिलगढी नगरपालिका–४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए ।

 

गम्भीर घाइतेको जिल्लामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य १३ जना घाइतेको दिपालयको राजपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा २४ जना सवार थिए । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

डोटी ट्याक्टर दुर्घटना

विशेष