महिला सशक्तिकरणमा उल्लेख्य उपलब्धि : प्रधानमन्त्री

महिला सशक्तिकरणमा उल्लेख्य उपलब्धि : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकार र महिला प्रतिनिधित्वका क्षेत्रमा नेपाल विश्वकै नमूनाका रुपमा अघि बढेको बताउनुभएको छ । 

उहाँले २०६३ साल जेठ १६ गते पुनस्र्थापित संसदले पास गरेको महिला अधिकार सम्बन्धी विधेयकले नेपालमा सशक्तिकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

बिहिबार काठमाडौंमा प्रथम राष्ट्रिय महिला अधिकार दिवशको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला सशक्तिकरणको क्षेत्रमा नेपालले उल्लेख्य उपलब्धि गरेको दाबी गर्नुभयो । 

प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिवद्धता  जनाउनुभयो । 

सरकारले यस वर्षलाई लैंगिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा मनाउँदै छन् ।  

केपी शर्मा ओली महिला अधिकार

संम्बधित खबर

विशेष