प्रधानमन्त्री भारतमा : विदेशसचिवले गरे स्वागत
काठमाडौँ । दोस्रो कार्यकालका लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द मोदीको सपथ समारोहमा सहभागी हुन नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय विदेशसचिवले स्वागत गर्नुभएको छ । भारतमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेशसचिव विजय केशव गोख्लेले स्वागत गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको आज साँझ हुने सपथ ग्रहण समारोहमा सहभागिता जनाउनुहुनेछ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग द्धिपक्षीय भेटवार्ता गर्ने पनि कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले भोलि (शुक्रबार) विहान साँढे ११ बजे समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यतालिकामा दुइपक्षीय भेटवार्ताका लागि २० मिनेटको समय छुट्याईएको छ ।
भेटवार्तामा कुनै औपचारिक सन्धि सम्झौता भने नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमनत्री ओली भोली (शुक्रबार) नै नेपाल एअरलाईन्सको ३ः४० को नियमित उडानबाट स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।