News खेल

भीषण पानी परेपछि खेल रद्ध, अंक बाँड्नुपरेपछि दुवै टोली निराश

भीषण पानी परेपछि खेल रद्ध, अंक बाँड्नुपरेपछि दुवै टोली निराश


काठमाडौँ । भीषण पानी परेपछि प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत सुदूरपश्चिम र प्रदेश ५ वीचको खेल रद्द भएको छ । खेल जारी रहेकै बेला भीषण पानी पर्न थालेपछि खेल रद्द गरिएको हो । खेल स्थगित भएसँगै दुवै टोलीलाई बराबर अंक बाँडिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा एक सय ८८ रन बनाएको थियो ।

सुदुर पश्चिमका लागि खड्क बोहोराले ६२ तथा लोकेश बमले १९ रन बनाएका थिए । यस्तै नरेश बोहोराले ३१ रनको योगदान दिए ।  यस्तै अन्तिममा आएका नरेन्द्र साउदले २१ रनको योगदान गरे । बलिङतर्फ प्रदेश ५ का सिद्धान्त शाहीले दुई विकेट हात पारे । 


सुदूर पश्चिमले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याउने १९ ओभरको खेल सकिँदा प्रदेश ५ ले ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो । अचानक मैदानमा वर्षा भएपछि खेल स्थगित गरिएको थियो ।  त्यसपछि दुबै टिमले अंक बाँडेका छन् । 
 

विशेष