News

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कँडेल पक्राउ

क्रिकेट रंगशालाको बारमा डोजर लगाउने कँडेल पक्राउ

चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाउने मुख्य व्यक्ति प्रकाश कँडेललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले गयराति रामपुरबाट पक्राउ गरेको हो ।

 

नेकपाका नेतासमेत रहेका कँडेल यतिबेला जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका प्रहरीले जनाएको छ । यसअघि प्रहरीले रंगशालाका बार भत्काउने १६ जनालाई पक्राउ गरेको थियो ।अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा केही व्यक्तिले बार भत्काउने काम गरेकोप्रति स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग गरेका छन् ।

प्रकाश कँडेल गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

विशेष