मट्टितेल खन्याएर युवतीको हत्या, हेडमास्टरसहित १६ जनाविरुद्ध मुद्दा

काठमाडौं । यौनहिंसा विरुद्धको उजुरी फिर्ता गर्न नमान्दा जिउँदै जलाइएकी बंगलादेशी किशोरी नुसरत जहान रफी हत्याकाण्डमा प्रहरीले १६ जनाविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । ६ अप्रिलमा ढाकाबाट १ सय ६० किलोमिटर टाढा फेनी सहरस्थित एक मदरसाको छतमा १९ वर्षीया रफीलाई शरीरमा मट्टितेल खन्याएर जिउँदै जलाइएको थियो।
प्रहरीले मुद्दा दर्ता गरेको १६ जनामध्ये मदरसाका हेडमास्टर सिराज उद डोउला पनि एक हुन्।
२७ मार्चमा नुसरतले हेडमास्टरमाथि यौनहिंसाको आरोप लगाउँदै उजुरी दर्ता गराएकी थिइन्। उनका अनुसार हेडमास्टरले कार्यालयमा बोलाएका थिए र खराब नियतले शरीरका विभिन्न अंगमा पटकपटक छोएका थिए। त्यसपछि उनी भागेकी थिइन्। एजेन्सी