सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीमाथि साइबर क्राइम मुद्दा

सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीमाथि साइबर क्राइम मुद्दा

काठमाडौं : पत्रकारलाई जथाभावी गालीगलौच गरेको आरोपमा सुर्खेतबाट प्रहरीले भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्रबहादु शाहीलाई पक्राउ गरेको छ। भ्रष्टाचार विरोधी आन्दोलनका कार्यक्रम लिएर सुर्खेतको वीरेन्द्रनगरको खुल्ला मञ्चमा पुगेका उनलाई पत्रकारलाई अपशब्द बोलेको आरोपमा पक्राउ गरेको छ।

गत वैशाखमा भएको आफ्नो कार्यक्रममा कोही पनि पत्रकार सहभागी नभएको भन्दै उनले सुर्खेतका पत्रकारको आलोचना गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । सो आलोचनापछि शाहीविरुद्ध नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र सुर्खेत शाखाले साइबर क्राइम अन्तर्गत प्रहरीमा उजुरी दिएको थियो ।

शाहीलाई पक्राउ गर्दा प्रहरी उनका समर्थक बीच धक्काधक्की भएको थियो । धक्काधक्कीमा केही व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए। उनका अनुसार वीरेन्द्रनगर खुल्ला मञ्चबाट शाहीलाई पक्राउ गर्दा अन्य व्यक्तिले पनि प्रहरीमाथि ढुंगामुढा गरेका हुन् ।

शाहीसँग पाँच/छ जना उनका सहयोग पनि पक्राउ गरिएको उनले बताए। शाही भष्टाचारविरुद्ध विभिन्न ठाउँमा अभियान सञ्चालन गर्दै आएका शाहीलाई साइबर क्राइम अन्तरगत कारबाहीका लागि काठमाडौं पठाइने उनले बताए ।

‘शाहीलाई त्यहाँबाट पक्राउ गर्दा केही मान्छेले शाहीलाई सहयोग गरेर प्रहरीमाथि जाइलागे’, उनले भने, ‘हामीले पाँच/छ जना पक्राउ गरेका छौँ । शाहीलाई पक्राउ गरेर काठमाडौं पठाउने तयारी गरेका छौँ ।’

पक्राउ गर्ने क्रममा सुर्खेतका पाँच जना प्रहरी र ६ जना शाहीका सहयोगीसमेत घाइते भएका छन् । उक्त क्रममा शाहीलाई पनि चोटपटक लागेको बताइएको छ । बुधबार खुल्लामञ्चमा नागरिक समाजले गरेको कार्यक्रममा सहभागी भएको बेला उनलाई पक्राउ गरिएको हो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शाहीले विगत केही समयदेखि भ्रष्टाचार विरोध कार्यक्रम सञ्चालन गर्दै आएका छन्। उनले भ्रष्टाचार विरोधी आन्दोलनका लागि पोखरा, दाङ, बुटवलका कार्यक्रम सकी सुर्खेतमा गर्न लागेको कार्यक्रमका बेला पक्राउ परेका हुन्।

 

 

ज्ञानेन्द्र शाही भ्रष्टाचार साइबर क्राइम

संम्बधित खबर

विशेष