चुरोट र मदिरासँगै पेट्रोलियम, खाद्यपदार्थ, सिमेन्ट र रडको मूल्यवृद्धि
काठमाडौं । बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ ।
हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट ४ रुपैयाँ र डिजेलबाट २ रुपैयाँ प्रतिलिटर असुल हुँदै आएको छ । १ साउनदेखि पेट्रोलबाट ५ रुपैयाँ र डिजेलबाट ३ रुपैयाँ कर उठाउन सुरु हुनेछ ।
मदिरामा औसत १० प्रतिशतका दरले अन्तःशुल्क बढाइएको छ । सुर्तीजन्य पदार्थको अन्तःशुल्कमा १२ प्रतिशत वृद्धि भएको छ । फलफूल जुस र ड्राइफुड तथा जंकफुडमा अन्तःशुल्क र भन्सार वृद्धि भएको छ। सिमेन्ट फलामे डन्डीमा पनि १० प्रतिशत अन्तःशुल्क बढाइएको छ। यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
मूल्यवृद्धि