राष्ट्रपतिबाट वितरण हुने ‘संविधानसभा पदक’ शुरुमा विद्या भण्डारीलाई दिइने
काठमाडौं । सरकारले संविधान निर्माणमा योगदान गरेबापत १ हजार १ सय ९ जना सभासदलाई संविधानसभा पदकले विभूषण प्रदान गर्दै छ । दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासदलाई गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजना हुने विषेश कार्यक्रममा संविधानसभा पदकले विभूषित गर्न लागेकी हुन् ।
राष्ट्रपतिबाट पदक हस्तान्त्रण गर्न लागिएको संविधानसभा पदकको पाउनेको सूचीको पहिलो नम्बरमा राष्ट्रपति स्वयंको नाम छ । क्रमश: प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महराको नाम छ भने पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री लगायतको नाम वरियता क्रम अनुसार रहेको छ। अन्य सभासदको नाम वर्णानुक्रमअनुसार राखिएको छ।
संविधानसभामा प्रतिनिधित्व गरेका सबैजसो सभासदलाई संविधानसभा पदकले विभूषित गर्न लागिएको छ। पदक वितरण कार्यक्रम बिहीबार बिहान सुरु भएर अपराह्न ५ बजेसम्म चल्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
विद्यादेवी भण्डारी संविधानसभा पदक