जसले मतपत्र च्याते उनलै धुर्मुसलाई रुवाए

जसले मतपत्र च्याते उनलै धुर्मुसलाई रुवाए

काठमाडौं : चितवनको भरतपुरमा धुर्मुस-सुन्तलीले फाउण्डेशनले निर्माण गरिरेहको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा केही व्यक्तिले डोजर चालएरपछि सर्वत्र विरोध भइरहेको छ । निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको परिसरमा लगाइएको बार डोजर लगाएर भत्काइदिएपछि निर्माण अभियान्ता सीताराम कट्टेल 'धुर्मुस' भक्कानिँदै रोएका छन् ।

उनले २०७२ सालको विनाशकारी भूकम्पपछि धेरैवटा बस्ती बनाइसकेका छन्। यसअघि यस्तो खालको अवरोध सामना नगरेका उनले अस्वाभाविक अवरोध र जस्ताको बार भत्काएको देखेपछि भक्कानिएर रोए । उनले भक्कानिए रोएको भिडियो सामाजिक सञ्जालमा तीव्र रुपमा शेयर भइरहेको छ । यस्तो कार्य गर्नेको तीव्र आलोचना गर्नुका साथै दोषीमाथि कडा कारवाहीको माग गरिएको छ ।

धुर्मुसले केही दलका नेताहरूले आफ्नो अभियानलाई राजनीतिक रंग दिँदै रंगशालाको काममा अवरोध गरेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले योभन्दा ठूलो प्रहार अरू हुनै नसक्ने पनि बताएका छन् ।

 

यस्तो कार्य कस्ले गर्यो त ? यस्तो कार्य गर्ने अरू कोही नभएर नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता प्रकाश कँडेल र धुर्मुस सुन्तली फाउण्डेशनको साइट कार्यालयका घरमालिक सुरेन्द्र विकसहितका व्यक्ति हुन् । प्रकाशले ‘रेणु दाहाललाई मतपत्र च्यातेर मेयर बनाउने मै हुँ । मैले भनेको नमान्ने !’ भन्दै उनले धाक–धम्कीसमेत दिएको स्थानीय बताउँछन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतगणना च्यातिएपछि मतगणना रोकिएको थियो ।

स्थानीयका अनुसार प्रकाश कँडेल माओवादी पृष्ठभूमिका हुन् । र उनी विद्यार्थी राजनीति गर्थे । माओवादी विभाजन हुँदा वैद्य समूहमा लागेका उनी पछि रामबहादुर थापा वादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए । र, अहिले उनी नेकपामै आवद्ध छन् । उनी नै घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजी तीव्र पारेको थियो ।

रंगशालाको बारमा डोजर चलाएको भन्दै प्रकाशलगायत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रकाशलाई जिल्ला प्रहरी कार्यालय चितवनले गयराति रामपुरबाट पक्राउ गरेको हो । यसअघि बार भत्काएउने कार्यमा संलग्न रहेको भन्दै १६ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि देशभरबाट आक्रोश व्यक्त गरिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताका साथै स्थानीयले जनस्तरबाट बन्न लागेको पहिलो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कडा करबाही गर्न माग गरेका छन् ।

घटनापश्चात् धुर्मुस–सुन्तली फाण्डेशनले सुरक्षाको कारण देखाउँदै तत्कालका लागि रंगशाला निर्माणको कार्यस्थगित गरेको छ । फाउण्डेशनका अध्यक्षसमेत रहेका धुर्मुसले एक विज्ञप्ति जारी गर्दै काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको जनाएका छन् ।

प्रकाश कँडेल धुर्मुस–सुन्तली फाउन्डेसन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

संम्बधित खबर

विशेष