News

विश्वप्रकाशले धुर्मुसलाई साथ दिँदै भने : किञ्चित नडग्मगाउनू

विश्वप्रकाशले धुर्मुसलाई साथ दिँदै भने : किञ्चित नडग्मगाउनू

काठमाडौं : चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलाएपछि तीव्र आलोचना भइरहेको छ । बुधबार स्थानीयसहितको एक समूहले भरतपुर महानगरपालिको रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको बार डोजर चलाएर भत्काएका थिए ।

घटनाप्रश्चात् किक्रेट रंगशाला निर्माण गरिरहेको धुर्मुश-सुन्तली फाण्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'ले काम गर्ने वातारण नभएको भन्दै निर्माणको काम रोको बताएका छन् । सुरक्षाको कारण देखाउँदै निर्माणको काम स्थगित गरेको बताएका हुन् ।

क्रिकेट रंगशालाको काममा अवरोध सृजना भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धुर्मुस सुन्तलीलाई आफ्नो अभियानबाट कत्ति पनि नडग्मगाउन आग्रह गरेका छन् । उनले भत्काउनेहरूले नभइ बनाउनेहरूले संसार बनाउने भन्दै देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गर्नेहरूलाई निरुत्साहित गर्नेमाथि सरकारसँग कारबाहीको माग गरेका छन् ।

'प्रिय धुर्मुस्-सुन्तली ! किन्चित नडग्मगाउनु,भत्काउनेहरुले होइन बनाउनेहरुले बनाउंछन् संसार ! उनले भनेका छन्, 'देश निर्माणको यात्रामा प्रेरणादायी कर्म गरिरहेकालाई निरुत्साहित पार्न प्रयत्न गर्ने जो हुन् तिनलाई कडा कार्वाही गरियोस् !'

यसैबीच चितवन प्रहरीले किक्रेट रंगशालाको बार भत्काउने मुख्य आरोपी प्रकाश कँडेललाई पक्राउ गरेको छ। उनलाई बुधबार राति रामपुरबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

यसअघि सोही अभियोगमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो । उनीहरुलाईलाई हिरासतमा राखेर थप छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।  

धुर्मुस–सुन्तली फाउन्डेसन

विशेष