क्रिकेट रंगशालाको कम्पाण्ड भत्काउने नेकपाका कार्यकर्ता कँडेलसहित दुई निलम्बित
चितवन : निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कम्पाउन्ड भत्काउने कार्यकर्तालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निलम्बन गरेको छ। निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कम्पाउन्ड भत्काउने स्थानीय नेता प्रकाश कँडेललाई नेकपाले निलम्बन गरेको हो।
पार्टीले त्यही घटनामा संलग्न भैरव बस्ताकोटीलाई पनि दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ। जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्वारा बिहीबार जारी विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानुनी कारवाही गरी क्षतिपूर्ती भराउन माग गरेको छ।
नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाएको छ।
बधुबार स्थानीयसहितका केही व्यक्तिले निर्माणाधीन क्रिकेट रंगशालाको कम्पाउण्ड डोजर चालएर बत्काएका थिए। उक्त घटनाको चौतर्फी विरोध भएको थियो भने स्थानीयले घटनामा संलग्नलाई कडा करवाहीको माग गरेको थियो। घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले प्रकाशसहित १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूलाई हिरासतमा राखेर थप अनसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
यता, रंगशाला निर्माण गरिरेहको परोपकारी संस्था धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस'ले काम गर्ने वातावरण नभएको भन्दै रंगशाला निर्माण कार्य स्थगित गरेको जनाएका छन् । घटनापश्चात उनले एक विज्ञप्ति निकाल्दै शुरक्षाको कारणले आफूहरूले रंगशाला निर्माणको काम स्थगित गरेको जनाएका छन् ।