News मनोरञ्जन चाडै आउदैछ

सन्नी लियोनीको नेपाली चलचित्र प्रदर्शन मिति तय

सन्नी लियोनीको नेपाली चलचित्र प्रदर्शन मिति तय


काठमाडौँ । पोर्नजगतबाट बलिउड सिने जगतमा सनसनी मच्चाइरहेकी सन्नी लियोनीले अभिनय गरेको नेपाली चलचित्रको प्रदर्शन मिति तय भएको छ । लियोनी अभिनित नेपाली चलचित्र ‘पासवर्ड’ आउँदो भदौ २७ गतेबाट नेपालभरि प्रदर्शन हुन लागेको हो । 


चलचित्र ‘पासवर्ड’ को निर्देशन सम्राट बस्नेतले गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयं निर्देशक बस्नेतले तयार पारेका हुन् । 


चलचित्रमा सन्नी लियोनीका साथ विक्रम जोशी (विक्कीं), अनुपविक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, धिरेन शाक्य, परी रानालगायतका कलाकारहरुको मुख्य भूमिका छ ।


 चलचित्र ‘पासवर्ड’ को रिलिज मितिमा पल शाह अभिनित चलचित्र‘ ‘हृदय भरी’ तथा  दयाहाङ राई र रेखा थापा अभिनित चलचित्र ‘निरफूल’ जुध्ने देखिएको छ । 
 

विशेष